युरो कपको उपाधिका लागि इङ्ग्ल्यान्ड र इटली खेल्दै

छहारी संवाददाता
२७ असार २०७८, आईतवार ०८:५०

युरो कप फुटबलको उपाधिका लागि आज राति इङ्ग्ल्यान्ड र इटली खेल्दैछन् । खेल वेम्बलीमा राति पौने एक बजे सुरु हुनेछ । इङ्ग्ल्यान्ड पहिलो पटक युरो कपको फाइनल खेल्न लागेको हो ।

सन् १९६८ को युरो विजेता इटली पछिल्लो पटक २०१२ को युरो कपमा फाइनलमा पुगेको थियो । इटली तीन पटकको युरो कप विजेता स्पेनलाई हराउँदै उपाधि नजिक पुगेको हो । पहिलो सेमिफाइनलमा इटलीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराएको थियो ।

इङ्ग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोलले पराजित गरेको थियो। इङ्ग्ल्यान्ड र इटलीबीच अहिलेसम्म २७ खेल भएकोमा इटलीले ११ खेल जितेको छ । इङ्ग्ल्यान्डले ८ खेलमा जित निकालेको भने ८ खेल बराबरी भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*