इन्द्रसरोवरका किसान धान रोप्न व्यस्त (फोटोहरु)

छहारी संवाददाता
२ असार २०७८, बुधबार ०७:३२

मञ्जरी बलामी, इन्द्रसरोवर ।
 “छुपुमा छुपु हिलोमा धान रोपेर छोडौला, बनाई कुलो लगाई पानी आएर गोडौला” भन्ने असारको मर्म बोकेके नेपाली गित सँगै अहिले  रोपाइँ सुरु भएको छ । मानो छरेर मुरी फलाउने किसानहरु यो महामारीको समेत पर्वाह नगरी धान रोप्न ब्यस्त देखिन्छन् ।


उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा धमाधम धान रोपाइँ भैरहेको छ । कोरोना भाइरसको उच्च जोखिम र निरन्तरको वर्षाका बिच पनि किसानलाई धान रोप्नको चटारो भएको छ ।


गाउँपालिकाको ५ वटा वडा मध्ये वडा नं। २ कुलेखानी र ३ को सिस्नेरीमा अधिकांश किसानले धान रोप्ने गरेका छन् भने अन्य वडाहरुमा न्युन मात्रामा धान खेती हुने गरेको गाउँपालिकाका कृषि प्रमुख कुमार पौडेलको भनाई छ । गाउँपालिकाको तथ्याङ्क अनुसार गाउँपालिकाको क्षेत्रभित्र करिब १८ हेक्टर जमिनमा धान खेती हुँदै भएको छ ।


हरेक वर्ष धान रोपाइँ सकिन नपाउँदै खेतमा भलबाढी पस्ने समस्याले नदी किनारामा खेत भएका किसानहरु चिन्तित हुने गरेको एक किसानले बताए । वर्षाको समयमा अत्याधिक पानी पर्ने र बाढी पहिरोका कारण गाउँपालिकाको खानीखेत, तोड्के, सिस्नेरी लगायतका गाउँपालिकाकै समथर भुभागमा रहेका खेतमा भलबाढी पस्ने समस्या किसानले हरेक वर्ष भोग्दै आएका छन् ।


किसानले धान खेती पछि विभिन्न मौसमी तरकारी तथा अन्नबाली लगाउछन् । तरकारी खेतीका लागि गाउँपालिकाबाट विभिन्न उन्नत जातका बिउबिजन, आधुनिक मेसिन तथा कृषि सामाग्रीहरु अनुदानमा प्राप्त गरेका छन् । तर धान खेतीका लागि भने उन्नत जातको विउबिजन लगाउत कुनै पनि कार्यक्रम नभएको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*