बागमती प्रदेशमा ८८ प्रतिशत संक्रमित कोरोनामुक्त

पहिलो र दोस्रो लहरमा कुल ३ लाख २० हजार १३७ जना संक्रमित
छहारी संवाददाता
जेष्ठ २७, २०७८

बागमती प्रदेशमा ८८ प्रतिशत संक्रमित कोरोनामुक्त भएका छन् ।

हालसम्म कुल ३ लाख २० हजार १३७ जनामा संक्रमण पुष्टि भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाईले जानकारी दिनुभएको छ । उहाँका अनुसार बागमती प्रदेशमा कोरोनाको पहिलो र दोस्रो लहरमा गरी कुल ३ लाख २० हजार १३७ जना संक्रमित भएका हुन् ।

संक्रमित मध्ये २ लाख ८० हजार २ सय ६९ जना निको भइसकेको छन् । कुल संक्रमित मध्ये ८८ प्रतिशत मानिस कोरोना संक्रमण मुक्त भएके सेढाईले बताउनुभयो । यस्तै बागमती प्रदेशमा अहिलेसम्म ३ हजार ४ सय ६८ जना संक्रमितका मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*