प्रेस संगठन मकवानपुले पत्रकारलाई कोरोना अवधिभर निःशुल्क एम्बुलेन्स सेवा दिने

छहारी संवाददाता
२० बैशाख २०७८, सोमबार १३:०५

प्रेस संगठन मकवानपुरले जिल्लाका पत्रकारहरुलाई एम्बुलेन्स सेवा चाहिएमा निःशुल्क उपलब्ध गराउने भएको छ ।

संगठनले विश्वभर फैलिरहेको नयाँ प्रजातीको करोना संक्रमणको जोखिम अवधिभर निःशुल्क एम्बुलेन्स सेवा दिने संयोजक अञ्जली थापाले आफ्नो फेसबुक पेज मार्फत जानकारी दिनुभएको हो ।

संयोजक थापाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना दिँदै यस संकटको घडीमा संगठनको तर्फबाट हुने सहयोगमा कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ । साथै उहाँले सम्पूर्ण सञ्चारकर्मीहरुलाई सुरक्षित भई काम गर्न आग्रह समेत गर्नु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*