२४ घण्टा नबित्दै हेटौडामा तीन जना कोरोना संक्रमितको मृत्यु

छहारी संवाददाता
२० बैशाख २०७८, सोमबार ११:५१

२४ घण्टा नबित्दै हेटौडामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार हेटौंडा अस्पतालको कोभिड एच डि यु  (High Dependency Unit) मा उपचाररत एक संक्रमित महिलाको मृत्यु भएएको छ ।

महोत्तरी जलेश्वर २ की ५० वर्षकी एक महिलाको बिहान ९ बजेर ३० मिनेटमा मृत्यु भएको अस्पतालका कोभिड ईन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिनुभयो । यसअघि आज बिहान ६ बजेर २२ मिनेटमा बाराको अमलेखगंज बस्ने ४६ वर्षका एक पुरुषको मृत्यु भएको थियो भने गएराती हेटौंडा १ का ५५ वर्षका एक पुरूषको उपचारकै क्रममा मृत्यु थियो ।

योसंगै मकवानपुरमा कोरोना संक्रमणबाट ज्यान गुमाउने को संख्या ३७ पुगेको छ । पहिलो चरणको कोरोना संक्रमणबाट ३४ जनाको मृत्यु भएको थियो भने दोस्रो प्रजातीको कोरोना संक्रमणबाट हिजो र आज गरी तीन जनाको मृत्यु भएको हो ।

यसैबीच अस्पतालमा कोरोना संक्रमितको चाप बढेको भन्दै आजदेखि हेटौडा अस्पतालको ओपिडि सेवा बन्द गरिएको छ । २० बेडको सेवाले बिरामीको चापलाई धान्न नसक्ने भएकोले ओपिडी बन्द गरी कोरोना संक्रमितलाई उपचार गर्न लागिएको अस्पतालले जनाएको छ । अर्को सूचना नआएसम्म ओपिडि सेवा बन्द रहनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*