हेटौंडा अस्पतालको कोभिड एचडियुमा उपचाररत एक संक्रमितको मृत्यु

छहारी संवाददाता
बैशाख १९, २०७८

हेटौंडा अस्पतालको कोभिड एचडियुमा उपचाररत एक संक्रमितको मृत्युु भएको छ ।

हेटौंडा१ का ५५ वर्षका एक पुरूषको उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोभिड ईन्चार्ज डाक्टर सागर काफ्लेले जानकारी दिनुभयो । ती संक्रमितको बेलुकी ९ बजेर १७ मिनेटमा मृत्यु भएको हो ।

यसैबीच अस्पतालमा कोरोना संक्रमितको चाप बढेको भन्दै भोलीदेखि ओपिडि सेवा बन्द हुने भएको छ । २० बेडको सेवाले बिरामीको चापलाई धान्न नसक्ने भएकोले ओपिडी बन्द गरेर कोभिड सेवा थप गर्न लागिएको अस्पताले जनाएको छ ।

आइतबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष तथा रजिष्ट्रर राजेश प्रसाईको अधयक्षतामा बसेको बैठकले भोलिबाट अस्पतालको ओपिडि सेवा बन्द गर्ने निर्णय गरेको हो । अर्को सूचना नआएसम्म ओपिडि सेवा बन्द हुने अस्पतालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*