हेटौडा ७ मा घर-घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

ओम फुयाल(अनिश आयु बाबा)
बैशाख १९, २०७८

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गदै हेटौडा वडा नम्बर ७ का जनप्रतिनिधीले घर-घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका छन् ।

वडा अध्यक्ष राजन थापाले जेष्ठ नागरिक, एकल महिला, अपांगता भएकाहरु र दलित ६० वर्ष उमेर पुगेकाहरुलाई घरमै पुगेर भत्ता वितरण गर्नु भएको हो । ७ नम्बर वडाबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने जम्मा ३०० मध्ये पहिलो दिन १२५ जनाले भत्ता बुझेका छन् । घर-घरमै पुगी साजाजिक सुरक्षा भत्ता वितरण कार्य तीन दिनसम्म चल्ने वडा अध्यक्ष राजन थापाले बताउनुभयो ।

बैंकमा हुने भिडले कोरोनाको जोखिम अझ बढ्न सक्ने भएकाले घरमै भत्ताको व्यवस्था गरिएको थापाले बताउनुभयो । भत्ता वितरणका लागि वडा अध्यक्ष, वडा सदस्य र वडा सचिव सहितको टोली घर-घरमा पुगेको हो ।

यसअघि बैकिंग प्रणालीबाट वितरण हुँदै आएको सामाजिक सुरक्षा भत्ता घरमै बुझ्न पाउँदा जेष्ठ नागरिकहरु खुसी भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*