मकवानपुरमा थप एक सय ७१ जना कोरोना संक्रमित

मकवानपुरमा थप एक सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यही बैशाख १६, १७ र १८ गते हेटौंडा अस्पतालमा गरिएको परिक्षण क्रममा १ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित मध्ये एक सय ५ जना पुरुष र ६६ जना महिला रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वाथ्य निरिक्षक भोला चौलागाईले जानकारी दिनुभयो । संक्रमित मध्ये सबै भन्दा धेरै हेटौंडा उपमहानगरपालिका क्षेत्रकाका छन् ।
कोरोना संक्रमितको विस्तृत विवरण यस प्रकार रहेकोे छ ।