नेपालमा आइतबार थप २७ संक्रमितको मृत्यु, एकैदिन ७ हजार बढी संक्रमित थपिए

छहारी संवाददाता
बैशाख १९, २०७८

नेपालमा आइतबार थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ हजार ३ सय २५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छ ।

यस्तै आइतबार एकै दिन ७ हजार दुई सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार १६ हजार एक सय ४७ जनाको पीसीआर परीक्षण गर्दा सात हजार एक सय ३७ जना र ६ सय २३ जनाको एन्टिजेन विधिमार्फत नमुना परीक्षण गर्दा ७४ गरी ७ हजार २ सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।

यस मध्ये काठमाण्डौमा दुई हजार सात सय ८४, ललितपुरमा पाँच सय ५० र भक्तपुरमा तीन सय एक जनामा संक्रमण देखिएको छ । यसैबीच १ हजार ६ सय १२ जना निको भएर डिस्चार्ज भएका छन् । योसंगै संक्रमण मुक्त हुनेको संख्या २ लाख ८३ हजार ९ सय ९४ पुगेको छ । अहिले ४८ हजार सात सय ११ जना सक्रिय संक्रमित रहेको मध्ये ४ सय ७७ जना आइसोलेशनमा र एक सय १३१ जना भेन्टिलेटरमा छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*