कांग्रेस निकट कोभिड १९ अनुगमन समिति मकवानपुरद्वारा पत्रकार महासंघलाई स्वास्थ्य सामग्री तथा आर्थिक सहयोग

नेपाली कांग्रेस निकट कोभिड १९ अनुगमन समिति मकवानपुरले दोश्रो लहरको कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्न फ्रण्ट लाईनमा खटिने पत्रकार, जनपथ प्रहरी र ट्राफिक प्रहरीलाई आईतबार स्वास्थ्य सामग्री तथा आर्थिक सहयोग गरेको छ ।
पत्रकार महासंघ मकवानपुर शाखालाई २ सय ५० सर्जिकल माक्स, २७ पिस हेण्ड सेनिटाईजर, ५१ पिस एन ९५ माक्स र फ्रण्ट लाईनमा खटिने पत्रकारहरुको स्वास्थ्य सुरक्षाको क्षेत्रमा खर्च गर्नेगरी नगद ३० हजार रुपैयाँ सहयोग रकम हस्तान्तरण गरिएको हो । समितिका मकवानपुर संयोजक उत्सव ईटेनीले आइतबार पत्रकार महासंघका अध्यक्ष एवं समितिका सचिव मणिराज गौतमलाई उक्त सामग्री हस्तान्तरण गर्नु भएको हो ।
त्यसैगरी समितिले आईतबार नै वडा प्रहरी कार्यालय हेटौडाका प्रहरी निरिक्षक कृष्ण विष्टलाई २ सय पिस सर्जिकल माक्स, ५१ वटा हेण्ड सेनिटाईजर, ५१ पिस एन ९५ माक्स र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरिक्षक प्रकाश पाण्डेलाई ४० वटा हेण्ड सेनिटाईजर, सर्जिकल माक्स १ सय पिस तथा ४० थान एन ९५ माक्स वितरण गरेको छ ।
कोरोनाको जोखिममा फ्रण्ट लाईनमा बसेर निरन्तर खटिने प्रहरीलाई गरेको सहयोगप्रति प्रहरी निक्षकद्वय विष्ट र पाण्डले समितिलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । समितिका मकवानपुर संयोजक ईटेनीले मकवानपुरका १० वटै स्थानीय तहमा कोरोनाको दोश्रो लहरले पारेको प्रभाव र अवस्था बारे अनुगमन गर्ने र अवस्था हेरी अत्यावश्यक खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गर्ने समेत बताउनुभयो ।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा समितिका सचिव गौतम, कोषाध्यक्ष जानुका गिरी, सदस्यहरु रामकृष्ण कोइराला, सञ्जय श्रेष्ठ, सुनिल गिरी, सुजन विडारी, सुधिर दाहाल, डोल्मा स्याङ्वो, मदन जोशी, पत्रकार महासंघ मकवानपुरकी उपाध्यक्ष सरला अधिकारी, जिल्ला सदस्य प्रदिप अधिकारी लगायतको उपस्थिति रहेको थियो ।