बागमती प्रदेशमा एकै दिनमा ३ हजार बढी संक्रमित

छहारी संवाददाता
बैशाख १९, २०७८

बागमती प्रदेशमा एकै दिनमा ३ हजार २२ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

बागमती प्रदेशका १३ जिल्लामा हालसम्म एक लाख ७८ हजार एक सय ८५ जनामा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषेत्म सेढाईले जानकारी दिनुभयो ।

हालसम्म बागमती प्रदेशमा १ हजार ९७ जनाको निधन भएको भने । १९ हजार २३ जना उपचाररत छन् । न्यनतम स्वास्थ्य मापदण्ड पनि पालना नहुँदा संक्रमण बढदै गएको सेढनइले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*