कञ्चनपुरमा थप ३ संक्रमितको मृत्यु

कोरोना संक्रमणबाट कञ्चनपुरमा थप तीन जनाको मृत्यु भएको छ । महाकाली अस्पतालमा उपचाररत दुई जना र होम आईसोलेसनमा बसिरहेका एक जनाको मृत्यु भएको हो ।
महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले एचडीयू युनिटमा उपचाररत भीमदत्त नगरपालिका १८ का ५२ वर्षीय पुरूष र भीमदत्त १४ का ४८ वर्षीय पुरूषको गएराति मृत्युु भएको जानकारी दिए ।
रोकाया अनुसार होम आईसोलेसनमा बसेमा भिमदत्त–१८ का ६८ वर्षीय पुरूषको पनि शनिबार बिहान मृत्युु भएको अनलाइन खबरले लेखेको छ ।