भारतमा एकैदिन ४ लाख बढी संक्रमित, ३ हजार ४ सय जनाको मृत्यु

छहारी संवाददाता
१८ बैशाख २०७८, शनिबार १०:०७

भारतमा एकैदिन ४ लाखभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार मात्रै ४ लाख ८ हजार ३ सय जनामा कोरोना पुष्टि भएको र यो दैनिक संख्या विश्वमा अहिलेसम्मकै धेरै भएको बीबीसीले जनाएको छ ।

महाराष्ट्रमा मात्रै ६३ हजार र कर्नाटक राज्यमा ४८ हजारमा कोरोना देखिएको छ । भारतमा अहिलेसम्म एक करोड ९१ लाख ६३ हजार जनामा कोरोना पुष्टि भइसकेको छ । यस्तै शुक्रबार ३ हजार ४ सय ६४ जनाको ज्यान गएसँगै भारतमा ज्यान गुमाउनेको संख्या २ लाख ११ हजार ७ सय नाघेको छ ।

यसैबीच भारतले कोरोना परीक्षणको संख्या तीव्र गतिमा बढाएको छ । गएको बिहीवार मात्रै १९ लाख २० हजार जनाको पीसीआर परीक्षण भएको खबरमा उल्लेख छ । यस्तै बुधवार साढे १७ लाखमा परीक्षण भएको थियो । भारतमा अहिलेसम्म २८ करोड ६४ लाख जनामा पीसीआर परीक्षण भएको छ । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*