शुक्रबार एकै दिन ५ हजार ७ सय २७ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ५ हजार ७ सय ५७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७० जनामा कोरोना पुष्टि भएको जानकारी दिनुभएको छ।
१५ हजार ३ सय ९१ जनाको पीसीआर र ५सय २५ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख २३ हजार १सय ८७ पुगेको छ ।