मकवानपुरमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि

मकवानपुरमा थप ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९२ जनामा गरिएको कोभिड १९ कोरोना परिक्षण मा ६१ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमित हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ का सबै भन्दा धेरै १५ जना रहेका छन् । त्यस्तै वडा नम्बर १ मा ६,वडा नं २ मा ६ जना, ३ नं वडामा २ जना, ५ नं वडामा ६ जना, वडा नं ८ मा ८ जना,१० नं वडामा ४ जना,११ नं वडामा ५ जना,वडा नं ६,१६ र १७ मा एक एक जना,बाग्मती गाउँपालीकाका एक जना,काठमाडौं ठेगाना भएका एक जना, हेटौडा बसोबास गर्ने ठेगाना नखुलेको चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वाब दिएका मध्यमा ४४ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले वताउनुभयो ।