नेपाल समूहले देशभर १० हजार युवा परिचालन गर्ने

छहारी संवाददाता
बैशाख १७, २०७८

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह निटक युवा संघ नेपालले कोरोना महामारी रोकथामका लागि देशभर दश हजार स्वयम् सेवक परिचालन गर्ने भएको छ ।

केन्द्रीय कार्यालय बबरमहलमा बसेको केन्द्रीय कार्यालय कमिटीको बैठकले स्वयम् सेवक परिचालन गर्न केन्द्रीय समन्वय कमिटीले संयोजन गर्ने प्रवक्ता सञ्जीव राईले जानकारी दनुभयो ।
संघका उपाध्यक्ष नितेश पौडेलको संयोजकत्वमा संयोजन कमिटी बनेको छ ।

देशभर परिचालित हुने युवाहरुले कोरोना महामारीविरुद्ध रोकथामबारे आमनागरिकलाई सचेत गराउने र उपचार नपाइरहेका संक्रमितहरुलाई समन्वय गर्ने प्रवक्ता राईले बताउनुभयो ।

संघले कोरोना रोकथाम तथा उपचारका क्रममा अनियमितता र भ्रष्टाचार हुन नदिन खबरदारी पनि गर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*