काठमाडौं उपत्यकामा दोस्रो चरणको खोप अभियान रोकियो

छहारी संवाददाता
बैशाख १६, २०७८

दोस्रो चरणको खोप अभियान अन्तर्गत पहिलो र दोस्रो डोज लगाउने कार्यक्रम स्थागित भएको छ । काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू भएसँगै विभागले खोप कार्यक्रम बिहीबारदेखि स्थगित गरेको हो ।

खोप लगाउने ठाउँमा बढेको भिडभाडबाट हुन सक्ने जोखिमलाई विश्लेषण गर्दै अर्को सूचना जारी नभएसम्मका लागि खोप कार्यक्रम स्थगित गरिएको विभागका खोप महाशाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले बताउनु भएको अनलाइन खबरले लेखेको छ ।

काठमाडौं उपत्यकामा भेरोसिल्डको पहिलो डोज चैत २५ गतेदेखि लगाउन शुरु भएको थियो भने कोभिशिल्डको दोस्रो डोज वैशाख ७ गतेदेखि लगाउन शुरु गरिएको थियो । करिब २ करोड १५ लाख जनालाई निःशुल्क कोरोना खोप दिने सरकारको लक्ष्य छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*