नेपालमा २४ घण्टामा ३५ संक्रमितको मृत्यु, ४९२८ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ३५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ।
यस्तै २४ घण्टामा थप ४ हजार ९ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौँ उपत्यकामा थप १ हजार ५ सय ६१ जना संक्रमित थपिएका छन्। काठमाडौँमा १ हजार १ सय २७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ जना संक्रमित थपिएका हुन् ।
२४ घण्टा ८ सय ८८ जना डिस्चार्ज भएका छन्। देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ पुगेको छ। यसैगरी देशभर पछिल्लो २४ घन्टामा १२ हजार ५ सय ९७ पीसीआर तथा ९६३ एन्टिजेन परीक्षण भएको छ।