कोरोना अपडेटः मकवानपुरमा बिहिबार १६ जना संक्रमित थपिए

छहारी संवाददाता
बैशाख १६, २०७८

मकवानपुरमा बिहिकार थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

५५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा थप १६ जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । आज कोरोना पुष्टि भएका मध्ये ८ जना मनहरी गाउँपालिकाका छन् भने ७ जना थाहा नगरपालिकाका र एक जना हेटौंडा उपमहानगरपालिका रहेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुर अनुसार स्थानीय तह स्तरमै एन्टीजेन विधिबाट परीक्षण गर्दा थप १६ जनामा संक्रमण देखिएको हो । यसअघि मकवानपुरमा कार्यरत तीन जना पत्रकारलाई पनि कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

योसंगै मकवानपुरमा सक्रिय संक्रमितको संख्या २ सय ९३ जना पुगेको छ । जसमा २ सय ७८ जना होम आइसोलेसन, ९ जना हेटौंडा अस्पतालको कोभिड ट्रिटमेन्ट वार्डमा र ६ जना हेटौंडा ६ स्थित गौरिटार आइसोलेसनमा उपचाररत छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*