सेवाग्राहीहरुको अत्याधिक भिड हुने मकवानपुरका कार्यालयहरु बिहिबार देखी बन्द

भारत लगायत तेस्रो मुलुकबाट भित्रिने नागरिक क्वारेन्टिनमा बसे नबसेको अनुगमन गर्न प्रशासनको निर्देशन
छहारी संवाददाता
बैशाख १६, २०७८

मकवानपुरको मालपोत र नापी कार्यालय बिहिबार देखी बन्द भएका छन् ।

जिल्ला प्रशासन कार्यलय मकवानपुरको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सेवाग्राहीहरुको अत्याधिक भिड हुने कार्यलय बन्द गर्ने निर्णय गरेकोे हो । मालपोत र नापी कार्यालयमा सेवाग्राहीको अत्याधिक भिडभाड हुने भएकाले कोरोनाको जाखिन उच्च हुने भन्दै यस्तो निर्देशन दिएको निर्णयमा उल्लेख छ ।

बढी भिडभाड हुने कार्यालयहरुमा संक्रमणको जोखिम उच्च हुने भएकाले यस्ता कार्यलयको आन्तरिक कार्य बाहेकका अन्यसबै सेवाहरु बिहिबारदेखि अर्को निर्णय नभएसम्मको लागि बन्द गर्न बैकठको निर्णयमा उल्लेख गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय हेटौडा पनि बुधबारदेखि बन्द भएको छ ।

यस्तै बैठकले हेटौडा १० मा रहेको गोरक्षेश्वर मन्दिर परिसरमा शुक्रबारदेखि स्वाब संकलनको कार्य थाल्न पनि भनेको छ । यसको व्यवस्थापन हेटौडा उपमहानगरपालिका, नगर कार्यपालिका कार्यालयले गर्न निर्देशन दिएको छ ।

यसैगरी भारत लगायत तेस्रो मुलुकबाट भित्रिने नागरिकहरु होटल वा होम क्वारेन्टिनमा बसे नबसेको अनुगमन गरी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई नियमित जानकारी गराउन सम्बन्धित स्थानिय तहलाई निर्देशन दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*