सिआन मकवानपुरमा उपचाररत २० जनालाई विद्युत जडान तालिम

कुलतमा फसेर जिवन बर्वाद गर्नु भन्दा सीप सिकेर व्यवहारीक बन्न जिसस मकवानपुरका प्रमुख खुलालको आग्रह
छहारी संवाददाता
बैशाख १५, २०७८

जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख रघुनाथ खुलालले आफुले सिकेकोे सीपलाई व्यवहारमा लागू गर्न एक तालिमका सहभागीहरुलाई आग्रह गर्नु भएको छ ।

सिआन पुर्नस्थापना केन्द्र मकवानपुरले आयोजना गरेको तीन महिने विद्युत जडान तालिम समापन कार्यक्रममा उहाँले कुलतमा फसेर जिवन बर्वाद गर्नु भन्दा सीप सिकेर व्यवहारीक बन्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथी खुलालले देश अहिले कोरोना संक्रमणको महामारीमा फसेको भन्दै यसको नियन्त्रणको लागि अपनाउनु पर्ने स्वास्थ्य सुरक्षाका कुरामा ध्यान दिन समेत आग्रह गर्नुभयो । उहाँले आफु सुरक्षित हुने र अरुलाई सचेतन पार्ने कार्यमा लागी सरकारको कदममा साथ दिन सबैसंग आग्रह गनुभयो ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगतको व्यवसायिक तथा सीप विकास केन्द्र र सिआन पुर्नस्थापना केन्द्र हेटौडा ९ मकवानपुरले संयुक्त रुपमा आयोजना गरेको तीन महिने विद्युत जडान तालिममा सिआनमै उपचाररत २० जनाको सहभागीता रहेको थियो । गत मंसिर २१ गते देखि सुरु भएको तालिम फागुन २१ गतेसम्म कुल ३ सय ९० घण्टा संचालन भएको थियो ।                                            सिआनका निर्देशक सौजन डिसीले तालिमले सहभागीहरुलाई थप उर्जा र उत्साह थपिदिएको भन्दै सफलतापूर्व सम्पन्न भएकोमा खुसी व्यक्त गर्नुभयो । तालिम समापन समारोहका प्रमुख अतिथी खुलालले तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो ।

सिआनका निर्देशक डिसीको अध्यक्षतामा भएको कार्यक्रममा लक्षु तामांगले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सम्पूर्ण सिआन अभियन्ताहरुको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*