नेपालमा २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसंगै कोरोनाको कारण मृत्यु हुनेको संख्या ३२ सय ११ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
७७३ जना कारोना संक्रमित उपचारपछि निको भई घर फर्किएका छन् । कोरोना संक्रमितको निको हुने दर हाल नेपालमा ८९ दशमलव ३ प्रतिशत रहेको छ ।
सोमबारदेखि बुधबारसम्म ४० हजार ९५१ पीसीआर परीक्षणमा १२ हजार ५८० मा संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकले देखाएको छ । २४ घण्टामा काठमाडौंमा १४६४, भक्तपुरमा २३२ र ललितपुरमा ३५१ गरी २०४७ जनामा संक्रमण पुष्टि भएको छ ।