बुधबार ४८९७ संक्रमित थपिएसंगै सक्रिय संक्रमितको संख्या ३० हजार नाघ्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हाजर ८ सय ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
योसंगै नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या ३० हजार नौ सय दुई पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । १३ हजार ८ सय ७९ पीसीआर परीक्षणबाट ४ हजार ७ सय ७४ र ९६६ एन्टिजेन परीक्षणबाट १२३ जनामा कोरोना पुष्टि भएको हो ।
बुधबार संक्रमण पुष्टि भएकामध्ये काठमाडौमा मात्र १४ सय ६४ जना छन् ।। यसैबीच, पछिल्लो २४ घण्टामा सात सय ७३ जना कोरोना संक्रमित निको भएका छन् ।