कोरोना संक्रमण रोक्न हेटौडामा टोल विकास संस्थाहरुलाई सक्रिय गराइने

देशैभर जस्तै बागमतीपी प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिकामा पनि कोरोना संक्रमण पढ्दै गएपछि यसको नियन्त्रणका लागि सक्रियता देखाइएको छ ।
हेटौंडा उपमहानगरपालिकाले नगर क्षेत्रभित्र कोरोना संक्रमण नियन्त्रण गर्न टोल विकास संस्थाहरुलाई सक्रिय गराउने निर्णय गरेको छ । मेयर हरि बहादुर महतको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले कोरोना नियन्त्रण गर्न टोलविकास संस्थाहरुलाई परिचालन गर्ने निर्ण गरेको हो ।
यसको लागि हेटौंडामा रहेका ३ सय भन्दा बढी टोल विकास संस्थालाई परिचालन गरिने मेयर महतले बताउनुभयो । यस्तै एमुलेन्स तयारी हालतमा राख्ने, नगरका १९ वटै वडामा माइकिङ गर्ने लगायतका काम पनि भइरहेको उहाँले बताउनुभयो । यस्तै गौरीटारमा आइसोलेसन पनि सञ्चालन गरिएको छ ।