बन्दी प्रत्यक्षीकरण तथा कोरोनासंग सम्बन्धित दर्ता तथा सुनुवाइ बाहेकका काम स्थगन

सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण तथा कोरोना महामारीसंग सम्बन्धित दर्ता तथा सुनुवाइखबाहेक कार्यालयबाट हुने अन्य काम, कारवाही स्थगन गर्ने निर्णय गरेको छ ।
अदालतका सह–प्रवक्ता देवेन्द्र ढकालले मंगलबार एक विज्ञप्ति जारी गर्दै अदालतमा बन्दी प्रत्यक्षीकरण तथा कोरोना महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र जनस्वास्थ्यसंग सम्बन्धित रिट निवेदनको दर्ता र सुनुवाइ बाहेकका अन्य काम र सेवा स्थगन गरिएको जानकारी दिनुभएको हो ।
उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधिकरणहरूको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्था हेरेर सम्बन्धित अदालत कार्यालयले समन्वय गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
यसको व्यवस्थापकीय समन्वय भने सर्वोच्च अदालत प्रशासनले गर्ने र थप विद्यमान परिस्थितिको मुल्याङकन गरी थप निर्णयहरु गर्न यही वैशाख ३१ गते बैठक बस्ने पनि विज्ञप्तिमा उल्लेख छ ।