कोरोना अपडेटः २४ घण्टामा थप १८ जनाको मृत्यु, ४ हजार ५ सय २४ जनामा संक्रमण

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १८ जनाको ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा १२ जनासहित थप १८ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ९४ पुगेको छ ।
यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ५ सय २४ जनामा संक्रमण पुष्टिभएको छ । १४ हजार ६ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ३ सय ६४ र १ हजार ९ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ६० जना गरी कुल ४ हजार ५ सय २४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसहित नेपालमा कोरोना पुष्टि हुनेको संख्या ३ लाख ७ हजार ९ सय २५ पुगेको छ । यस्तै थप ५ सय ५५ जना निको भएसँगै निको हुनेको संख्या २ लाख ७८ हजार ५ सय ६ जना पुगेको छ । अहिले नेपालमा २६ हजार २ सय २५ जना सक्रिय संक्रमित छन् ।