पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप २८ को मृत्यु,तीन हजार भन्दा बढी संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार १सय २२ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ९ हजार २९२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको छ भने ७८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १हजार १सय ३२ जना, ललितपुरमा २सय ७० र भक्तपुरमा ९६ जना संक्रमित भएका छन्।
नयाँ थपिएका सहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख १सय १९ पुगेको छ ।
यसैगरी २४ घण्टामा ४सय ५० जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार ५सय ७३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप २८ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १६४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।