कोरोना संक्रमित पूर्व राजदम्पती अस्पताल भर्ना

छहारी संवाददाता
बैशाख ११, २०७८

कोरोना संक्रमित पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाह अस्पताल भर्ना हुनुभएको छ । पूर्व राजदम्पती दिउँसो थापाथलीस्थित नर्भिक अस्पताल भर्ना हुनुभएको हो ।

चिकित्सकहरूकै सल्लाहमा उहाँहरू अस्पताल भर्ना हुनुभएको र स्वास्थ्यमा त्यस्तो कुनै जटिलता नदेखिएको बताइएको छ । उहाँहरुसँगै कारोना संक्रमण पुष्टि भएपछि छोरी प्रेरणा शाहलाई पनि नर्भिक अस्पतालमै भर्ना गरिएको छ ।

भारतको हरिद्वारमा आयोजित कुम्भमेलामा सहभागी भएर आइतवार फर्किएका पूर्व राजदम्पतीमा मंगलबार संक्रमण पुष्टि भएको थियो । कुम्भमेलामा सहभागी एक हजारभन्दा बढीलाई सङ्क्रमण पुष्टि भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*