कोरोना अपडेटः पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु, २४ सय २८ जना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप पाँच जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय १७ पुगेको छ ।
यस्तै थप २४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार एक पीसीआर परीक्षणमा २३ सय ६५ र चार सय ४७ एन्टिजेन परीक्षणमा ६३ जना गरेर २४ घण्टामै २४ सय २८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
बिहिबार थपिएकासहित नेपालमा कोरोना पुष्टि हुनेको संख्या दुई लाख ९२ हजार एक सय ५२ पुगेको छ । यस्तै थप दुई सय ५२ जना निको भएसँगै अहिलेसम्म दुई लाख ७६ हजार तीन सय ४५ जना संक्रमण मुक्त भएका छन् ।
यसैबीच कोरोना सङ्क्रमण हुने दर बढ्दो र निको हुने दर घट्दो क्रममा रहँदा सक्रिय संक्रमितको संख्या १२ हजार नाघेको छ । बिहिबार १२ हजार ६ सय ९० जना सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।