कोरोना अपडेटः नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ५१ जनामा संक्रमण पुष्टि

छहारी संवाददाता
बैशाख ८, २०७८

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

जसमा २ हजार २ सय २० जनामा पीसीआर र १३१ जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यकामा बुधबार थप १ हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। भक्तपुरमा ८४, ललितपुरका १८१ तथा काठमाडौँमा ७८६ जनामा संक्रमण पुष्टि भएको, देशसञ्चारले लेखेको छ ।

मन्त्रालयका अनुसार बुधबार २८७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हाल देशभर १० हजार ५८२ सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा देशभर ८ हजार ८ सय ४४ पीसीआर र ८०३ एन्टिजेन परीक्षण भएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*