चीनबाट ८ लाख डोज कोरोना खोप नेपाल आउँदै

छहारी संवाददाता
चैत्र १४, २०७७

चीन सरकारले नेपाललाई उपलब्ध गराउने कोभिडविरुद्धको ८ लाख डोज खोप बेइजिङको विमानस्थलमा पुगेको छ । चिनियाँ दूतावासका अनुसार चाँडै खोप नेपाल आइपुग्नेछ ।

नेपालस्थित चिनियाँ दूतावासले शनिबार बेइजिङ विमानस्थलमा खोप पुगेको तस्वीर राख्दै जानकारी दिएको हो ।

खोप सोमबार काठमाडौँ आइपुग्ने जनाइएको छ । नेपाल वायुसेवा निगमको चार्टर विमान आइतबार खोप लिन बेइजिङ प्रस्थान गर्ने भएको छ।

यसअघि भारत सरकारले पनि नेपाललाई अनुदानमा १० लाख डोज कोभिशिल्ड खोप उपलब्ध गराएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*