कोरोना अपडेटः २४ घण्टामा एक संक्रमितको मृत्यु, ५९ जना संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा ५९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
२७ सय १५ जनाको पीसीआर परीक्षण गर्दा ५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसंगै अहिलेसम्म कोरोना पोजेटिभ हुनेको संख्या दुई लाख ७४ हजार आठ सय ६९ पुगेको छ ।
यस्तै थप ६० जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७० हजार नौ सय ८७ पुगेको छ । नेपालमा अहिले आठ सय ७० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको । योसंगै अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या तीन हजार १२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।