नवीन्द्रराज जोशीको अवस्था फेरि गम्भीर, भेन्टिलेटरमा राखेर उपचार हुँदै

छहारी संवाददाता
फाल्गुन २५, २०७७

मस्तिष्काघात भइ गएको फागुन १४ गते शुक्रबार नर्भिक अस्पतालमा भर्ना हुनुभएका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा फेरि गम्भीर समस्या देखिएको छ । जोशीलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

जोशीको स्वास्थ्य अवस्थामा सुरुका केही दिनमा राम्रो सुधार भए पनि गएको शनिबारदेखि एक्कासी मुटुको चाल र श्वासप्रश्वासमा समस्या आएको अस्पतालले जनाएको छ । अहिले उहाँको रक्तचाप सामान्य छ भने प्रति मिनेट उहाँ आफैँले आठ/दश पटक सास फेरिरहनुभएको उपचारमा संलग्न वरिष्ठ न्युरो सर्जन डा. राजीव झाले जानकारी दिनुभएको उज्यालो अनलाइले लेखेको छ ।

मस्तिष्काघात हुँदा रक्तश्राव भइ उहाँको टाउकोमा रगत जमेको थियो । यस्ता बिरामीका उपचारको क्रममा फेरि समस्या आउनु स्वाभाविक परिणाम रहेको डाक्टर झाको भनाइ छ । मङ्गलवार उहाँको स्वास्थ्य अवस्था स्थिर तर जोखिमपूर्ण नै देखिएको झाले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*