कोरोना अपडेटः नेपालमा पछिल्लो २४ घण्टामा ६६ जना संक्रमित थपिए, मृत्यु सुन्य

नेपालमा पछिल्लो २४ घण्टामा देशभर ६६ जनामा कोरोना संक्रमित थपिएका छन् ।
४ हजार १११ जनाको नमुना परीक्षण गर्दा २१ महिला र ४५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ७२१ पुगेको छ ।
उनीहरुमध्ये थप ५८ सहित २ लाख ७० हजार ८८६ जना निको भएका छन् भने ३ हजार १० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।