कोरोना अपडेटः थप तीन जनाको मृत्यु, ७३ जनामा संक्रमित थपिए

नेपालमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ ।
यससंगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार सात सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा ७३ जनामा कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
अहिलेसम्म नेपालमा दुई लाख ७४ हजार दुई सय १६ जनामा कोरोना पुष्टि भइसकेको छ । संक्रमित मध्ये दुई लाख ७० हजार चार सय ७१ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ६४ जना निको भएका छन् । अहिले नेपालमा नौ सय ६८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।