कोरोना अपडेटः विदेशमा यो हप्ता थप ३ नेपालीको मृत्यु

कोरोना संक्रमणबाट विदेशमा यो हप्ता थप ३ जना नेपालीको मृत्यु भएको छ ।
गैरआवासीय नेपाली संघका अनुसार यो हप्ता यूएईमा दुई र पोर्चुगलमा एक संक्रसमतको मृत्यु भएको हो । यो सहित २१ देशमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ३ सय ३९ जना पुगेको छ ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार ४ सय १ जना नेपालीमा कोरोना पुष्टि भएको छ । तीमध्ये ६० हजार १ सय २४ जना संक्रमण मुक्त भएका छन् ।
संक्रमण मुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार यो हप्ता पोर्चुगल, फ्रान्स, यूएई, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना देखिएको, उज्यालो अनलाइनले लेखेको छ । यो हप्ता इटाली, युक्रेनका नेपालीमा पहिलो पटक संक्रमण देखिएको हो ।