कोरोना अपडेटः नेपालमा पछिल्लो २४ घण्टामा १२५ जना संक्रमित थपिए, शुन्य मृत्यु

छहारी संवाददाता
फाल्गुन १०, २०७७

नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय २५ जना कोरोना संक्रमित थपिएका छन् ।

तीन हजार ६ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा एक सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या दुई लाख ७३ हजार ५ सय ५६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ९० जना निको भएसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या दुई लाख ६९ हजार नौ सय ६६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन । नेपालमा अहिलेसम्म कोरोना कारण दुई हजार ६१ जनाको ज्यान गएको छ । अहिले नेपालमा एक हजार पाँच सय २९ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमित मध्ये ४३ जनाको आईसीयू र ११ जनाको भेण्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*