कोरोना बीमा दाबी गरेकाहरूले सहज सेवा नपाएकोप्रति सरकारको ध्यानाकर्षण

प्रयोगशालाहरूले कोरोना परीक्षणको विवरण रोग नियन्त्रण महाशाखामा नपठाएकोमा सरकारको आपत्ती, बीमितले रकम नपाए प्रयोगशालाको सम्बन्धन खारेज गर्ने चेतावनी
छहारी संवाददाता
फाल्गुन १०, २०७७

सरकारले कोरोना बीमा दाबी गरेकाहरूले सहज सेवा नपाएकोप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बीमा सम्बन्धमा जरुरी सार्वजनिक सूचना निकालेर बीमितहरू विभिन्न सङ्घ–संस्थामा दौडधुप गर्नुपर्दा अनावश्यक दुःख पाएको भन्दै दाबीका लागि प्रक्रियामा रहेका वा प्रमाणीकरण भएका बीमितहरूको विवरण सार्वजनिक रूपमा अद्यावधिक गर्न बीमा कम्पनीहरूलाई अनुरोध गरेको छ ।

यस्तै मन्त्रालयले केही प्रयोगशालाहरूले कोरोना परीक्षणको विवरण इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखामा नपठाएको भन्दै तत्कालै पठाउन भनेको छ, उज्यालो अनलाइनले लेखेका छ ।

विवरण नपठाएको कारण रुजु गर्दा नमिलेर बीमितले रकम नपाएमा सम्बन्धित प्रयोगशाला जिम्मेवार हुनुपर्ने भन्दै मन्त्रालयले प्रयोगशालाको सम्बन्धन खारेज गर्ने चेतावनीसमेत दिएको छ । कोरोना बीमा दाबी रकमको प्रमाणीकरण गर्न गठन भएको टोलीले प्राप्त गरेका १८ हजारभन्दा धेरै विवरणमध्ये १५ हजारभन्दा धेरैको प्रमाणीकरण भइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*