पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि नयाँ दिल्ली प्रस्थान

छहारी संवाददाता
फाल्गुन ९, २०७७

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई स्वास्थ्य उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा तस्विर राख्दै आफू उपचारको लागि दिल्ली जान लागेको जानकारी गराउनुभएको हो । उहाँ लामो समयदेखि पेटमा समस्याले ग्रसित हुनुहुन्छ । उहाँको निदान अस्पताल काठमाडौँकोमा स्वस्थ्य परीक्षण तथा उपचार भइरहेको थियो ।

उहाँलाई न्यूरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरिएको छ । चिकित्सकको सल्लाह तथा सिफारिसअनुसार भट्टराईको दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’मा उपचार हुने प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिनुभयो। भट्टराईको साथमा श्रीमती हिसिला यमी र प्रेस सल्लाहकार पाण्डे दिल्ली गएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*