ओपीडी परामर्श शुल्कमा वृद्धि,कुन डाक्टरले कति फी लिन्छन्? हेर्नुहोस्

अस्पतालहरुको बहिरंग विभाग (ओपीडी)मा बिरामी जाँच गरेबापत लिन पाउने चिकित्सकहरुकोे शुल्कमा वृद्धि गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सहमतिअनुसार नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)को आज बसेको बैठकले शुल्क बढाउने निर्णय गरेको हो । बैठकले आजदेखि लागु हुने गरी ओपीडी विभागमा चिकित्सकको अनुभव र योग्यताका आधारमा ३७० देखि ८२५ रुपैयाँसम्म शुल्क लिन पाउने गरी निर्णय गरेको छ ।
नयाँ शुल्कअनुसार पाँच वर्षभन्दा कम अनुभव भएका एमबीबीएस र बीडीएस डाक्टरले ३७० रुपैयाँ, पाँच वर्षभन्दा माथि अनुभव भएकाले ४५० रुपैयाँ ओपीडी शुल्क लिन पाउने छन् । त्यस्तै, एमबीबीएस र बीडीएस पास भएर डिप्लोमा तालिम लिएका चिकित्सकले ५१५ रुपैयाँ र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ५९० रुपैयाँ शुल्क लिन पाउने छन् ।
एमडीएमएस र एमडीएस चिकित्सकहरुको हकमा भने पाँच वर्ष अनुभव नभएकाले ६६० रुपैयाँ र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ७०० रुपैयाँ लिन पाउने भएका छन् । डीमए तथा एमसीएच गरेका डाक्टरको हकमा पाँच वर्षभन्दा कम अनुभव भएकाले ७७० रुपैयाँ र पाँच वर्षभन्दा बढी अनुभव भएकाले ८२५ रुपैयाँ लिन पाउने भएका छन् ।
यस्तै, १० वर्षभन्दा बढी अनुभव भएका एमडीएमएस र एमडीएस डाक्टरले ८२५ रुपैयाँ शुल्क लिन पाउने भएका छन् ।सेवा प्रदायक संस्थाले त्यसमा २० प्रतिशतसम्म जोडेर शुल्क लिन पाउनेछन् । यस्तै निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य प्रदायक संस्थाहरुमा मासिक रुपमा नियूक्ति लिइ सेवा गरिरहेका मेडिकल अफिसरहरुको पारिश्रमिक न्युनतम ४२ हजार कायम गरिएको छ ।
हेर्नुहोस्, विज्ञप्ति :