आजदेखि पत्रकार,सरकारी कर्मचारी र स्थानीय जनप्रतिनिधिलाई कोरोना खोप

छहारी संवाददाता
फाल्गुन २, २०७७

सरकारले आजदेखि सरकारी कर्मचारी,स्थानीय जनप्रतिनिधि पत्रकारहरुलाई कोरोना खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान तथा बैंकका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप दिने निर्णय गरेको हो ।
यस्तै सीमा सुरक्षा पोष्टमा खटिएका सुरक्षाकर्मी तथा पहिला छुटेका स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स चालक तथा शववाहन चालक र शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीहरुलाई पनि खोप दिइनेछ । तोकिएको स्वास्थ्य संस्था वा खोप केन्द्रमा गएर खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*