काठमाण्डौमा फेरि बर्ल्डफ्लु भेटियो

छहारी संवाददाता
माघ २९, २०७७

काठमाण्डौमा फेरि बर्डफ्लु भेटिएको छ । तारकेश्वर नगरपालिकाको साङ्लेखोला छापका किसानले पालेका हाँसमा बिहीवार बर्डफ्लु पुष्टि भएको हो ।

साङ्लेखोला छापका किसान प्रल्हाद तामाङ र उहाँका छोरा सुमनले पालेको हाँसमा बर्डफ्लु पुष्टि भएको तारकेश्वर नगरपालिकाका प्रवक्ता विदुर सापकोटाले जानकारी दिनुभयो । केही दिनअघि स्थानीय किसानले पालेको हाँसको नमुना त्रिपुरेश्वरको प्रयोगशालामा परीक्षणका लागि पठाएको थियो । परीक्षणपछि बर्डफ्लु भएको पुष्टि भएको हो ।

बर्डफ्लु पुष्टि भएसँगै ‘र्‍यापिड रेस्पोन्स टिम’ ले एक हजार चार सय हाँस र ६५ कुखुरा नष्ट गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*