कोरोना अपडेट: थप ८१ संक्रमित, ५ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा पछिल्लो थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ५२ पुगेको छ । नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ३२ जनाको पीसीआर परीक्षण गरिएको छ ।
त्यस्तै २४ घण्टामा १११ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या २ लाख ६८ हजार ६६० पुगेको छ ।