कोरोना परीक्षणको शुल्क घट्यो

सरकारले कोरोना भाइरस कोभिड -१९ को परीक्षण शुल्क एक हजार रुपैयाँमा घटाएको छ । यसअघि पीसीआर टेष्टको शुल्क २ हजार रुपैयाँ थियो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी प्रयोगशालाहरुमा प्रतिपरीक्षण शुल्क समायोजन गरी एक हजार रुपैयाँ निर्धारण गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीको उपस्थितिमा बुधबार बसेको आईसीएसका पदाधिकारीसहित कोभिड-१९ रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले यो पछिल्लो निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिनुभयो।