कोरोना अपडेटः पछिल्लो २४ घण्टामा ७ संक्रमितको मृत्यु, १३० जना नयाँ संक्रमित थपिए

छहारी संवाददाता
माघ २६, २०७७

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ४५ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ३३ जनाको पीसीआर परीक्षण गर्दा १३० जनामा कोरोना पुष्टि भएको छ । योसंगै कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ५५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ सय ९४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६८ हजार २ सय ६६ पुगेको छ।

हाल देशभर १ हजार ७ सय ४४ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ३ हजार ३ सय ३३ जनाको पीसीआर परीक्षण भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*