नेपाललाई खोप खरिदका लागि सहजीकरण गर्न चीन तयार

नेपाललाई अनुदानमा ५ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको चीनले खरिदका लागि पनि सहजीकरण गर्न तयार रहेको बताएको छ
शुक्रबार परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँगको टेलिफोन वार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले सो प्रतिवद्धता व्यक्त गरेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ ।
दूतावासको विज्ञप्तिमा भनिएको छ, ‘टेलिफोन वार्तामा वाङले ५ लाख डोज अनुदानमा उपलब्ध गराउने र नेपालका लागि आवश्यक खोप खरिदका लागि सहजीकरण गर्न तयार रहेको बताउनु भएको छ ।’
चीनले सिनो फार्मले विकास गरेको खोप नेपाललाई दिन लागेको हो । चीनले अनुदानमा दिने भनेको खोप सकेसम्म छिटो ल्याउनका लागि नेपाली अधिकारीहरुसँग परामर्शमा रहेको दूतावासले जनाएको छ ।