नेपालमा पहिलो चरणको खोप अभियानको आज अन्तिम दिन, अहिलेसम्म १ लाख ७१ हजार ४८६ जनाले खोप लगाए

हाल नेपालमा पहिलो चरणको कोरोना विरुद्धको खोप अभियान चलिरहेको छ । अभियान अन्तर्गत छुटेका स्वास्थ्यकर्मी,सरसफाईकर्मी,सुरक्षाकर्मीहरुलाई आज अन्तिम दिन खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पहिलो चरणमा बाँकी रहेको खोप प्राथमिकताका आधारमा चरणवद्ध रुपमा ज्येष्ठ नागरिक,दीर्घरोगीहरुलाई खोप लगाउने तयारी मन्त्रालयले गरेको छ । दोस्रो चरणको अभियान पनि चाँडै थालिने मन्त्रालयले जनाएको छ ।
अभियानको दशौं दिन९हिजो०सम्ममा १ लाख ७१ हजार ४८६ जनाले खोप लगाइसकेका छन् । स्वास्थ्य मन्त्रालयले देशभरका २०१ खोप केन्द्रबाट अभियान चलाइरहेको छ ।
मन्त्रालयका अनुसार खोप लगाएकामध्ये प्रदेश १ मा २३ हजार ८२, प्रदेश २ मा २२ हजार ७५६ र बागमती प्रदेशमा ५९ हजार ९४२ रहेका छन्, हेल्थपाटीले लेखेको छ।
त्यस्तै गण्डकी प्रदेशमा १७ हजार ३१५ ले खोप लगाएका छन् भने लुम्बिनीमा २६ हजार ८९८, कर्णालीमा ८ हजार ६८४ र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८०९ जनाले खोप लगाएका छन् ।