कोरोना अपडेटः संक्रमित २ लाख ६८ हजार ९४८, निधन १९८६, डिस्चार्ज २ लाख ६३ हजार ३४८

छहारी संवाददाता
माघ ९, २०७७

नेपालमा पछिल्लो २४ घण्टामा थप ३०२ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६८ हजार ९ सय ४८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलाममा १, झापामा १, भोजपुरमा २, मोरङमा ३, पर्सामा १, बारामा ३, सिरहामा ३, काठमाडौँमा ९०, काभ्रेमा १, चितवनमा ४२, धादिङमा १, नुवाकोटमा २, भक्तपुरमा ९, मकवानपुरमा ४, रामेछापमा १, ललितपुरमा १३, सिन्धुपाल्चोकमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै कास्कीमा ४४, गोरखामा १, तनहुँमा २, नवलपरासीपूर्वमा ८, पर्वतमा ५, म्याग्दीमा २, लमजुङमा २, बागलुङमा ४, कपिलवस्तुमा १, गुल्मीमा ३, दाङमा १, नवलपरासीमा १, पाल्पामा २, प्यूठानमा १, बाँकेमा १८, रुपन्देहीमा १०, डोल्पामा १, सुर्खेतमा १ तथा कञ्चनपुरमा १५ जना संक्रमित थपिएका छन्, देशसञ्चारमा खबर छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार शुक्रबार ४८० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६३ हजार ३ सय ४८ पुगेको छ।

हाल देशभर ३ हजार ६ सय १४ सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ३ हजार ५ सय ४५ पीसीआर परीक्षण भएको छ। यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ८६ पुगेको छ। मन्त्रालयका अनुसार हाल देशभर १५४ जना कोरोना संक्रमितको आइसीयूमा र ३१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*