कोरोना अपडेटः २४ घण्टामा ३०२ जनामा संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा देशभर तीन सय दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ६८ हजार नौ सय ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा चार सय ८० जना निको भएसँगै दुई लाख ६३ हजार तीन सय ४८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
अहिले नेपालमा तीन हजार छ सय १४ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप सात जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नौ सय ८६ पुगेको मन्त्रालयले जनाएको छ ।







