आफैँले बोकेको बन्दुक पड्किँदा एक बालकको मृत्यु
आफैँले बोकेको बन्दुक पड्किँदा एक बालकको मृत्यु जङ्गलमा रतुवा मृग मार्ने क्रममा आफैँले बोकेको बन्दुक पड्किँदा पाल्पामा एक बालकको ज्यान गएको छ ।
साथीलाई दिने क्रममा बन्दुक पड्किँदा रिब्दीकोट गाउँपालिका(८ का १३ वर्षका लक्ष्मण छहारीको ज्यान गएको हो, उज्यालो अनलाइनले लेखेको छ । प्रहरीका अनुसार उनी दानसिङ डाँडाको चिलाउने पानी सामुदायिक वनमा चार जना साथीसहित सिकार गर्न गएका थिए ।
उनका साथीहरु रैनादेवी छहरा गाउँपालिका(४ का १७ वर्षका ज्ञानबहादुर गाहा, १४ वर्षका कमल राना र रिब्दीकोट गाउँपालिका(८ का १३ वर्षका देवबहादुर गाहालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।







